Comments Add Comment

कपिल शर्मा बने बर्षकै सर्वाधिक हिट बलिउड हस्ती

kapil650_021714043436
मुम्बई । सन् २०१४ अन्त्य हुँदै गर्दा वलिउडमा गएको वर्ष को कति सफल र को असफल रहे भन्ने लेखाजोखा सुरु भएको छ ।
गएको वर्ष विभिन्न टेलिभिजनवाट प्रशारण भएका रियालिटी शो मध्ये सबै भन्दा धेरै ‘कमेडी नाइट वीथ कपिल’ हेरिएको पुष्टि भएको छ ।
उक्त कार्यक्रमको सफलतासँगै शाहरुख र सलमान भन्दा कपिल शर्मा हिट भएको तथ्य सार्वजनिक भएको छ ।
यो वर्ष सलमानले ‘बीग बोस’ को ८ औं सिरिजको सञ्चालन गरेका थिए भने अक्षय कुमारले ‘डेयर २ डान्स’ सञ्चालन गरे ।
बिग बोसमा सलमान देखिने बित्तिकै टिआरपीमा असर पर्ला कि भनेर चिन्तित कपिल शर्मा समेत अहिले ढुक्क छन् ।
अभिनेत्री शिल्पा शेट्ठीले विगतमा ‘नच बलिए’ सञ्चालन गरेर टिआरपी बढाएकी थिइन् भने माधुरी दिक्षितले ‘झलक दिखला जा’ सञ्चालन गरेकी थिइन् । तर, ति कुनै पनि कार्यक्रम टिआरपीको हकमा कपिललाई जित्न सफल भएनन् ।
टीआरपीमा मात्र हैन उनले सोसल मिडियामा पनि सलमान र शाहरुखजस्ता हस्तीलाई चुनौती दिइसकेका छन् । आफ्नो फिल्मको प्रोमोसनका लागि कपिलको सहारा लिनैपर्ने अबस्थामा पुगेका छन बलिउड हस्तीहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment