Comments Add Comment

भ्रष्टाचार विरुद्धको दिवस मनाइँदै

२३ मंसिर, काठमाडौं । भ्रष्टाचार विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस वर्ष भ्रष्टाचारको जालोलाई तोडौं भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००५ देखि यो दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचार सभ्य समाज निर्माणको बाधक भएकाले सरकार देशमा सुशासन प्रबद्धन गर्ने कार्यलाई प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रको हैसियतले नेपाल सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यन्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९ बनाई लागू गर्दै आइरहेको बताउँदै कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, अपराध अनुसन्धान ब्युरोलगायत भ्रष्टाचार रोक्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थालाई थप सुदृढ र स्रोत साधनले सम्पन्न तुल्याइने बतारए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment