Comments Add Comment

चलेन अजय र सोनाक्षीको ‘एक्सन ज्याक्सन’

action jackson
धेरैलाई आशा थियो, प्रभुदेवाको निर्देशनमा बनेको चलचित्र ‘एक्सन ज्याकसन’ले बलिउड बक्स अफिसमा एक सय करोड कमाउनेछ । तर, शुक्रबारबाट हलमा लागेको यो चलचित्र पूर्ण रुपमा असफल हुने देखिएको छ ।

अजय देवगण जस्ता स्टारको एक्सनले भरिएको यो चलचित्रले ३ दिनमा २८ करोड मात्र कमाएको छ । जबकी चलचित्रको लगानी ७५ करोड छ । चलचित्र असफलताको बाटोमा लागेपछि वितरकहरु पनि हैरान छन् ।

अजय देवगण र सोनाक्षी सिन्हाको जोडी बक्स अफिसमा नराम्रोसँग पिटिएको छ । दर्शक र समिक्षक दुबैबाट चलचित्रलाई खराब भनिएको छ । बलिउडमा साहरुख खान र सलमान खान जस्ता सुपरस्टारहरुको सामान्य भनिएको चलचित्रले पनि २ सय करोड कमाउने गर्छ । तर, अजयको चलचित्र नराम्रोसँग असफल हुँदा उनको बजार मुल्यमा नै असर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment