
२३ मंसिर, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले मुलुक लोकतन्त्र र धर्म निरपेक्षताबाट पछि हट्न नसक्ने बताएका छन् ।
राष्ट्रपति निवासमा मंगलबार राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीसँगको भेटमा उनले लोकतन्त्र र धर्म निरपेक्षता आपसमा परिपूरक रहेकोले यसको पक्ष र विपक्षमा लाग्न नहुने धारणा राखे ।
लोकतान्त्रिक संघीय गणतन्त्र सबैले स्वीकार गरिसकेको र धार्मिक स्वतन्त्रता मौलिक हकको रुपमा संविधानमा अंकित भैसकेकोले यसलाई स्वीकार्नु मै सबैको भलो हुने उनको भनाइ थियो ।
भेटमा महासंघका महासचिव सिवी गहतराजले धर्म निरपेक्षताका बिरुद्ध विभिन्न समुहहरु अघि सरेको र यसले अल्पसंख्यक धार्मिक समुदायहरु अन्योलमा परेको बताएका थिए ।
कार्यक्रममा महासंघका पदाधिकारीले यसअघि सरकार र महासंघबीच भएका सहमति कार्यान्वयनको लागि पनि सरकारको ध्यानाकर्षण गर्न राष्ट्रपतिसँग अनुरोध गरेका थिए ।
प्रतिक्रिया 4