Comments Add Comment

मानव अधिकार रक्षामा सेना प्रतिबद्ध : प्रधानसेनापति जबरा

gaurabshamsherjabara
प्रधानसेनापति जबरा आईसीआरसी प्रतिनिधिमण्डल प्रमुखसँग भेटवार्ता गर्दै । तस्वीर सौजन्य : सैनिक जनसम्पर्क निर्देशनालय

२३ मंसिर, काठमाडौं । प्रधानसेनापति गौरवशमसेर जबरा र अन्तराष्ट्रिय रेडक्रस कमिटी (आईसीआरसी)को प्रतिनिधिमण्डल प्रमुख ड्रागना कोजिकबीच जंगी अड्डामा भेटवार्ता भएको छ । भेटमा अन्तर्राष्ट्रिय मानवीय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका विषयहरुमा द्विपक्षिय छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

मानव अधिकार रक्षामा सेना प्रतिबद्ध

प्रधानसेनापति गौरवशमसेर जबराले अन्तरिम संविधान र शान्ति सम्झौताको मूल मर्म तथा भावनालाई सम्वोधन गर्दै संक्रमणकालीन न्याय सम्पादन गर्न नेपाली सेना सँधै तत्पर रहेको बताएका छन् ।

अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सकल दर्जालाई सन्देश दिँदै जबराले जस्तोसुकै कठीन परिस्थितिमा पनि मानव अधिकारको रक्षामा प्रतिबद्ध रहेको बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा रहेको जानकारी गराउँदै जबराले मानवअधिकारको संरक्षण र सम्वर्द्धन गर्दै कामकारवाही गर्न सकल दर्जालाई शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment