Comments Add Comment

ज्वाईंद्वारा ससुराको हत्या

२४ मंसिर, बुटवल । रुपन्देहीको मोतिपुर १ रानीगन्जका श्यामसुन्दर थारु (चौधरी)को हत्या भएको छ ।

घरमै सुतिरहेका अन्दाजी ४५ वर्षीय चौधरीको करौंतीले घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्तिको परिचय प्रहरीले खुलाएको छैन ।

तर, स्थानीयले श्यामसुन्दरको हत्या उनकै ज्वाईंबाट भएको बताएका छन् । छोरीको आफूसित डिभोर्स गराई अन्तै बिहे गरिदिएको भन्दै ज्वाईंले ससुरा श्यामसुन्दरको हत्या गरेको स्थानीयको भनाइ छ ।

प्रहरीले हत्याको वास्तविक कारण नखुलेको र अनुसन्धान जारी रहेको बताएका छन् । चारैतर्फ नाकाबन्दी गरि हत्यामा संलग्न व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment