Comments Add Comment

बाँकेमा मानवअधिकार उलङ्घन धेरै

२४ मंसिर, बाँके । विगत आठ महिनाको अवधिमा मध्यपश्चिमाञ्चलमा ६ सय भन्दा बढी मानवअधिकार उलङ्घनका घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा गत वैशाखदेखि हालसम्म ६ सय ४६ मानवअधिकार हननका घटना भएको उल्लेख छ ।

त्यस अवधिमा सबैभन्दा बढी नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार हनन् भएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी बाँके जिल्लामा मानवअधिकार उल्लङ्घनका घटना भएको आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेलले जानकारी गराए ।

खरेलका अनुसार, बाँकेमा ३०६ बर्दियामा ६१, सुर्खेतमा ३१, दैलेखमा २३, जाजरकोटमा ३५, दाङमा ४३, रोल्पामा ३७, रुकुममा २८, सल्यानमा १७, प्युठानमा २१, जुम्लामा १०, हुम्लामा ८, डोल्पामा १५, मुगुमा २० र कालिकोटमा ६ मानवअधिकार उलङ्घन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment