Comments Add Comment

रामदेवलाई नेपालमा जग्गा दिने मन्त्री महेश बस्नेतको बचन

ramdev

२५ मंसिर, काठमाडौं । भारतीय योगगुरु स्वामी रामदेवले नेपालमा पतञ्जलीका सबै उत्पादनहरुको एकीकृत उद्योग स्थापना गर्ने रुची देखाएका छन् ।

उद्योमन्त्री महेश बस्नेतसँग स्वामी रामदेव र आचार्य बालकृष्णले भारतका अरु व्यवसायीलाई समेत ल्याएर नेपालमा पतञ्जली ग्राम स्थापना गर्ने प्रस्ताव राखेका हुन् ।

मन्त्री बस्नेत निजी भ्रमणका क्रममा भारतको हरिद्धार पुगेका बेला पतञ्जली योगपीठमा स्वामी रामदेवसँग भेटवार्ता भएको हो ।

भेटमा आफूले स्वामी रामदेवलाई बारास्थित विशेष आर्थिक क्षेत्र सेजको जग्गामा पतञ्जली ग्राम बनाउन आग्रह गरेको मन्त्री बस्नेतले अनलाइनखबरलाई बताए । ‘सेजको नाममा करीव साढे आठ सय बिघा जग्गा छ, त्यसमध्ये पाँच/छ सय बिघामा पतञ्जलीका सबै उत्पादन गर्न आग्रह गरें’ मन्त्री बस्नेतले भने ।

विशेष गरी पतञ्जली योगपीठका तर्फबाट आचार्य बालकृष्णले बारा जिल्लाको सेज (स्पेसल इकोनोमिक जोन)मा पतञ्लजीको उद्योग स्थापना गर्ने इच्छा देखाएको उनले बताए ।

उपयुक्त प्रस्तावसहित प्रक्रियामा पुर्याई आएमा उद्योग स्थापनाका लागि इजाजत दिन सकिने मन्त्री बस्नेतले बताए । स्वामी बाबा रामदेवले बाराको सेजलाई मिनी हरिद्वारका रुपमा स्थापित गर्न चाहेको बस्नेतलाई बताएका थिए ।

यसैबीच हरिद्वारमै स्वामी बाबा रामदेवले मन्त्री बस्नेतलाई एक समारोहका बीच सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment