+
+
Shares

जीवन र नीताको प्रेम, सोहितको ‘आँखैमा बस्यो झ्याप्पै’

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २५ गते १६:३८

jiwan-and-nita
चैत्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भुल भूलैयाँ’को अडियो तथा एक भिडियो सार्वजनिक गरिएको छ । आज काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको अडियो सार्वजनिक गरिएको हो ।

चलचित्रमा वसन्त सापकोटाको संगीत छ । ३ गीत समावेश चलचित्रका निर्देशक योगेश घिमिरे संगीतको पाटोले दर्शकलाई हलसम्म तान्नेमा विश्वस्त रहेको बताउँछन् ।

कार्यक्रममा बोल्दै नायक जीवन लुइटेलले आफूले यो चलचित्रमा नयाँ केही पनि नगरेको बताउँदै योगेश घिमिरेले मिठो चलचित्र बनाएको बताए । यस्तै, नायिका नीता ढुंगानाले दर्शक र मिडियालाई सकारात्मक रुपमा चलचित्रलाई साथ दिनुहुन अनुरोध गरिन् । jiwan-nita-1

चलचित्रमा समावेश ‘आँखैमा बस्यो झ्याप्पै’ बोलको गीतको भिडियो देखाइएको थियो । कविराज गहतराजले नृत्य निर्देशन गरेको भिडियोमा नीता ढुंगाना र सोहित मानन्धरले नृत्य गरेका छन् ।

निर्देशक योगेश घिमिरेले आफूले ‘नोटबुक’ भन्दा अझ राम्रो चलचित्र बनाउन खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?