Comments Add Comment

भोटेकोशीको अवरोधप्रति राप्रपा नेपालको आपत्ति

२५ मंसिर, काठमाडौं । राप्रपा नेपालले भोटेकोशी जलविद्युत आयोजनामा केही राजनैतिक दलहरुले गरेको अवरोधप्रति आपत्ति जनाएको छ । मुलुकले चरम उर्जा संकट भोगिराखेको समयमा केही दलहरुले लगानीकर्ताहरुलाई हतोत्साही बनाएको भन्दै राप्रपा नेपालले भत्सर्ना गरेको छ ।

‘विजुलीको टावर खडा गर्न नदिई भोटेकोशी आयोजना निर्माणमा पुर्‍याएको अवरोध तथा निर्माणाधिन अवस्थामा रहेको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण कार्यमा अवरोध पुर्‍याएको घटनाप्रति राप्रपा नेपाल गम्भिर आपत्ति प्रकट गर्दछ,’ सहप्रवक्ता मोहन श्रेष्ठले विहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

आयोजना निर्माणमा अवरोध खडा गरेर होइन सबै प्रकारका समस्याको समाधान वार्ताको माध्यमबाट सम्पन्न गर्नुपर्ने राप्रपा नेपालको धारणा छ । साथै आयोजना निर्माण कार्य दु्रतगतिमा सम्पन्न गरी लोडसेडिङ्गको चरम संकटबाट केही भएपनि राहत पुर्‍याउन सम्बद्ध सबै पक्षसँग आह्वान गरिएको छ ।

आयोजनामा सर्वसाधारण नागरिकको स्वामित्व कायम गराउने गरी शेयर उपलब्ध गर्ने कार्यमा राप्रपा नेपालले सहमति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment