Comments Add Comment

रिकी पोन्टिङ मुम्बईको प्रशिक्षकमा नियुक्त

Ricky-ponting

२५ मंसिर, काठमाडौं । अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ आइपीएल टीम मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अर्को बर्षको अप्रिलबाट सुरु हुने इन्डियन प्रिमियर लिग आइपीएलको आठौं संस्करणका लागि उनी मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।

छैटौं संस्करणमा उनी मुम्बईका कप्तान थिए । त्यसै सिजन मुम्बईले पहिलो पटक आइपीएलको उपाधि जितेको थियो ।

पोन्टिङले न्यूजिल्याण्डका पूर्व  ब्याट्सम्यान जोन राइटको स्थान लिनेछन् । जोनले भने मुम्बइकै जुनियर टीमलाई कोचिङ गर्नेछन् ।

‘पोन्टिङ मुम्बईसँग फेरि आबद्ध भएकोमा हामी निकै खुसी छौं । उनको अनुभव र विशेषज्ञताले टीमलाई ठुलो सहयोग मिल्ने छ’ अनिल कुम्बलेले क्लबको वेबसाइटसँग भनेका छन् ।

अष्ट्रेलियाका सफल कप्तान पोन्टिङले १४८ टेस्टमा कप्तानी गर्दा ७७ खेल जिताएका थिए । सन् २०१२ मा सन्यास लिनुअघि उनले २३० एकदिवसीय क्रिकेटमा कप्तानको भूमिका निभाए, जस अस्ट्रेलियालाई २ विश्वकपसहित १६५ खेल जिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment