Comments Add Comment

पहिचानको मुद्दा नछाड्न प्रचण्डलाई जनजातिको खबरदारी

Prachanda

२६ मंसिर, काठमाडौं । आदिवासी जनजाति राष्टिय आन्दोलनले पहिचानको मुद्दा छाडेर सहमति नगर्न एमाओवादी अध्यक्ष प्रचण्डलाई खबरदारी गरेका छन् ।

प्दमरत्न तुलाधरसहितका नेताहरुले शुक्रबार विहान प्रचण्डलाई भेटेर पहिचान र समानुपातिक समावेशी नछाड्न आग्रह गरेका हुन् । उनीहरुले दलहरुबीच भइरहेको छलफल र सहमतिको प्रयासबारे जिज्ञासा पनि राखेका थियो ।

‘प्रदेशको संख्याबारे हाम्रो धेरै सरोकार छैन । तर, पहिचानको मुद्दा छोड्यो भने हामीलाई मान्य हुँदैन भनेर भनेका छौं,’ जनजाति आन्दोलनका प्रवक्ता ओम गुरुङले अनलाइखबरसँग भने ।

भेटमा प्रचण्डले आफूले पहिचान र समावेशी समानुपातिकको मुद्दा नछोडेको बताएका थिए ।

पछिल्लो समय सुशील कोइराला र केपी ओली पनि सहमतिबाटै संविधान जारी गर्नुपर्छ भन्नेमा आएको भन्दै प्रचण्डले आफूले पनि सहमतिमै जोड दिएको जनजाति नेताहरुलाई सुनाएका थिए ।

छलफलमा एमाओवादी सचिव बर्षमान पुन ‘अनन्त’ पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment