Comments Add Comment

आरोही पण्डितलाई सरकारले तीन लाख दिने

Sanjay-Pandit

२६ मंसिर, काठमाडौं । लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवं किर्तिमानी आरोही सञ्जय पण्डितलाई सरकारले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहप्बार बसेको मन्त्री परिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।

२४९५ किलोमिटरको लामो अल्ट्रा धावन दौडेर किर्तिमान कायम गर्दै पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथा, मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, युृरोपको उच्च शिखर माउन्ट एलबु्रस तथा अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजियसको सफलतापुर्वक आरोहण सम्पन्न गरिसकेका छन् ।

पण्डितले युरोपको उच्च शिखर एलब्रुसमा ६ मिनेट ३ सेकेण्ड अर्धनग्न बसेर, अफ्रिकाको उच्च शिखर किलिमान्जारोमा ६ घण्टा १३ मिनेटमा तिव्र गतिको आरोहीको रुपमा तथा अष्ट्रेलियाको उच्च शिखर माउन्ट कोजियस्कोमा उल्टो हिँडेर आरोहण गरेर किर्तिमान कायम गरिसकेका छन् ।

विश्वका सवै ठुला महादेशका हिमाल आरोहण गर्ने सिलसिलामा रहेका पण्डित दक्षिण अमेरीकाको आकाङ्गुवा र उत्तर अमेरिकाको डेनाली आरोहण गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment