Comments Add Comment

एमबीबीएस परीक्षाको पूर्वसन्ध्यामा नेमका सञ्चालक पक्राउ

२६ मंसिर, काठमाडौं । एमबीबीएस छात्रवृत्तिको प्रश्नपत्र किनबेच प्रकरणमा नेम इन्स्टिच्युटका सञ्चालक डा. नवीन शर्मा पक्राउ परेका छन् ।

nabin-sharmaएमबीबीएस छात्रवृत्तिको परीक्षा हुने पूर्वसंध्यामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको हो । पक्राउ परेका दलालसँग बारम्बार शर्माको सम्पर्क भएको पुष्टि भएको अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीले बताएका छन् ।

प्रश्नपत्र किनबेच प्रकरणमा अख्तियारले गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे, मध्यस्थकर्ता डा. प्रभातकुमार कुशवाहसहित ७ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । अख्तियारले नेम र अर्बिट लगायतका इन्स्टिच्युटमा समेत छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

प्रश्नपत्र लिक भएपछि मंसिर २० गते भएको परीक्षा रद्द भएको थियो । रद्द भएको परीक्षा भोलि शनिबारका लागि तोकिएको छ ।

परीक्षा हुनुभन्दा अघि प्रश्नपत्र किनबेच हुने आशंकामा शर्मालाई अघिल्लो दिन नै अख्तियारले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment