Comments Add Comment

रोनाल्डोको दुई गोलसँगै रियल मड्रिडको २० औं जित

Ronaldo

२७ मंसिर, काठमाडौं । रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले सबै प्रतियोगितामा गरी लगातार २० औं जित हात पारेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तरगत शुक्रबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले अल्मारियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

यो सबै प्रतियोगितामा गरी रियल मड्रिडको लगातार २० औं जित हो । उसले १३ सेप्टेम्बरपछिका सबै खेल जितेको छ ।

लगातार सर्वाधिक जितको कीर्तिमान भने ब्राजिलियन क्लब कोर्टिबासँग छ । उसले २०११ मा सबै प्रतियोगितामा गरी लगातार २४ खेल जितेको थियो ।

अल्मारियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ३४ औं मिनेटमा इस्कोको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा अल्मारियाले बराबरी गोल फर्कायो ।

Gareth Bale celebrates putting Madrid into a 2-1 lead against Almeria during a difficult first half for Los Blancos

तर, ४२ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा मार्सेलोले फल गरेपछि अल्मारियाले पेनाल्टी पायो, खेलको टर्निङ प्वाइन्ट थियो । तर, भेर्जाको प्रहार रियल मड्रिडका गोलरक्षक कासियासले रोके ।

७५ औं मिनेटमा फल खेलेका रोनाल्डोले पहेँलो कार्ड पाए । तर, अन्तिमा उनले दुई गोल गरे । ८१ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका रोनाल्डोले ८८ औं मिनेटमा दोस्रो गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो ।

यो सिजन निकै फर्ममा रहेका रोनाल्डोको ला लिगामा १४ खेलमा २६ गोल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment