Comments Add Comment

प्रहरीलाई चाहिने सामग्री माग्न आईजीपी कहिलै डराउन हुन्नः वामदेव

फाइल फोटो
फाइल फोटो

२७ मंसिर, काठमाडौ । उपप्रधानमन्त्री वामदेव गौतमले नेपाल प्रहरीका लागि आवश्यक पर्ने कुराका लागि कोही कसैसँग नडराउन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई सुझाएका छन् । प्रहरीलाई आवश्यक पर्ने सामग्रीका लागि नडराइ राख्न गृहमन्त्री गौतमले सुझाएको राजधानी दैनिकमा खबर छ ।

‘तपाईँ आईजी भइसक्नुभयो, किन डराउनु हुन्छ ? आफ्नो कुरा सविस्तार राख्नुहोस्,’ प्रहरी वरिष्ठ अधिकृत सम्मेलनको समापनमा महानिरीक्षक अर्याललाई देखाउँदै गौतमले भने । प्रहरीलाई साधनस्रोतकै अभाव रहेको र मागेर टार्दा अपराध अनुसन्धानमा समेत प्रभाव पर्ने गरेको यथार्थ राख्दै गौतमले आफ्नो संगठनलाई आवश्यक पर्ने सामग्री माग्न आईजीपी कहिलै डराउन नहुने सुझाए ।

‘प्रहरीलाई प्रतिदिन जम्मा पाँच लिटर तेल दिइन्छ अनि कसरी काम हुन्छ ? उसले दुई सय किलोमिटर गाडी कुदाउनुपर्ने होला, अपराधी पक्रनुपर्ने होला, अन्य सार्वजनिक स्थानको सुरक्षा गर्नुपर्ने होला, यो अपुग छ,’ गौतमले भने, ‘मलाई यो विषयमा जानकारी छ तर अर्थले पैसा दिँदैन, पैसा नभएसम्म यो पुरा हुन सक्दैन ।’

गृहमन्त्री गौतमले मुस्कानसहितको प्रहरी सेवा असफल भएको हो कि भन्ने आशंका गर्दै प्रहरीको आचरण र ब्यवहारमा सुुधार हुनुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment