Comments Add Comment

लोकतान्त्रिक मञ्च डेनमार्कको अधिवेशन जनवरी ३ मा

डेनमार्क । नेपाली लोकतान्त्रिक मञ्च डेनमार्कको राष्ट्रिय अधिवेशन आगामी जनवरी ३ मा कोपेनहेगनमा हुने भएको छ । मञ्चका अध्यक्ष कृष्ण पौडेलले विज्ञप्ति जारी गरी अधिवेशनबारे जानकारी दिएका हुन् । अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

अधिबेशनले आगामी दुइ बर्षको लागि नयाँ कार्य समिति चयन गर्नेछ । मञ्चका अध्यक्ष पौडेलका अनुसार तेस्रो अधिवेशनबाट संस्थाको नाम समेत परिवर्तन गरी प्रवासी नेपाली मंच डेनमार्क कायम राख्ने छलफल निश्कर्षमा पुगेको छ ।

अधिवेशन व्यवस्थापन तयारीको शिलशिलामा उपाध्यक्ष सुशील घिमिरेको संयोजनकत्वमा आर्थिक ब्यबस्थापन समिति र महासचिव दीपक पाण्डेयको संयोजकत्वमा सदस्यता नविकरण बितरण तथा विस्तार समिति गरिएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment