Comments Add Comment

सनाखत नभएर अस्पतालमै सड्न थाल्यो शव

निमुसंगम घर्ती
२७ मंसिर, दाङ । दाङको तुलसिपुरमा एक साता पहिले मृत अबस्थामा भेटिएका एक युवकको शवको सनाखत नहुदा अस्पतालमै सड्न थालेको छ । तुलसिपुर नगरपालीका ९ कटकुईयाँको महालक्ष्मी सामुदायिक वनमा मंसिर २२ गते निवस्त्र अवस्थामा शव फेला परेको थियो ।

शव भेटिएको एक हप्ता बित्न लाग्दा पनि सनाखन नहुँदा राप्ती अञ्चल अस्पताल तुलसिपुरमा राखिएको शव सड्न थालेको इलाका प्रहरी कार्यालय तुलसिपुरले जानकारी दिएको छ ।

प्रहरीले आफ्ना युनिट र छिमेकी जिल्ला तथा सञ्चार माध्यमहरुबाट पनि सूचना जारी गर्दा समेत खोजतलासका लागि कोही नआएको र अस्पतालमै शव सड्न थालेको इलाक प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डीएसपी चक्रराज जोशिले जानकारी दिए ।

टाउको र तिघ्रामा धारीलो हतियार प्रहार भएको, अनुहार जलेको, गुप्ताङग काटिएको र निर्बस्त्र अवस्थामा स्थानीयले जंगलमा शब फेला पारेका थिए । शवको पहिचानका लागि अनुसन्धान जारी राखेको प्रहरीले अझै केही पत्ता नलागे नगरपालिकालाई बुझाउने तयारी सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment