Comments Add Comment

उपचारको पैसा तिर्न नसक्दा आईसीयूमै

help him२७ मंसिर, काठमाडौ । वैदेशिक रोजगारीमा जाने तयारी गरेका उदयपुर कटारीका लेखराज पराजुली गम्भीर विरामी भई अस्पताल भर्ना गरिएपछि परिवारले सहयोगका लागि अपिल गरेका छन् ।

कटारी नगरपालिका-१ त्रिवेणी चौफाल बस्ने निमप्रसाद पराजुलीका छोरा २१ वर्षका लेखराज पराजुली वैदेशिक रोजगारीमा जान भनी काठमाडौ आएकाबेला एक्कासी मुच्र्छा परि बेहोस भएपछि काठमाण्डौं मेडिकल कलेज सिनामंगल गरिएको थियो । टाउकोको अप्रेशन गरिएका पराजुलीको अवस्था ठिक हुदै गए पनि अस्पतालको विल तिर्न नसक्दा अस्पतालबाट डिस्चार्ज हुन सकेका छैनन् ।

अस्पतालले गरेको अप्रेशन र औषधीको विल तिर्न नसक्दा विरामी पराजुली सोही अस्पतालको न्युरो वार्डको आईसीयूमै रहेको परिवारले जनाएको छ । टाउकाको ट्युमरको शल्यक्रिया गरिएका पराजुलीको आर्थिक अवस्था अत्यन्त कमजोर भइ घरबाट केही गर्न सक्ने अवस्था नभएकोले सहयोग गर्न विरामी लेखराजका बुवा निमप्रसादले अपिल गरेका छन् ।

सहयोग गर्न चाहनेहरुले निमप्रसाद पराजुलीको नाममा रहेको काठमाण्डौंको एभरेष्ट बैंकको बचत खाता नं. ००१००५०१२०९४४३ मा सहयोग उपलव्ध गराउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment