Comments Add Comment

देशका अधिकांश क्षेत्रमा वर्षाले चिसो बढ्यो

rainning KTM

२८ मंसिर, काठमाडौ । जाडोयाम लागेपछि शनिवार रातीदेखि देशका अधिकांश भेगमा वर्षा भएपछि देशैभर चिसो बढेको छ । काठमाडौ उपत्यकासहित देशका अधिकांश भेगमा रातीदेखि हल्का वर्षा भइरहेका छन् । आइतबार दिनभर नै देशैभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको असर र अरब सागरबाट आएको मौसमी प्रभावले गर्दा नै वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । अहिले भएको वर्षा हिउँदकै यो वर्षको पहिलो वर्षा हो । शनिवार विहान सुदूरपश्चिमबाट सुरु भएको मौसमको बदली पूर्वतिर फैलिदै गएको र सोमवार विहानसम्ममा मौसममा सुधार हुने पनि प्रधानाङ्गले बताए ।

आइतवार विहान सुदूर पश्चिमको मौसम केही खुलेको भए पनि दिउँसो पुनः बदली हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

काठमाडौ उपत्यका र देशका तराई र मध्य तथा पहाडी अधिकांश भेगमा शनिवारदेखि वषर्ा भइरहेको छ भने हिमाली क्षेत्रहरुमा हिमweatherपातसमेत भएको छ । वर्षासँगै तराई क्षेत्रमा शीतलहर बढेको छ ।

शनिवार नेपालगञ्ज, धनगढी, बीरेन्द्रनगर, डडेलधुरा तथा दिपायलमा शनिवार हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम विभागको जलमापन अनुसार शनिवार जुम्लामा २०.२ मिलिमिटरसम्म वर्षा भएको छ ।

अबर सागरबाट सुदूरपश्चिम हुँदै शनिवार अपरान्ह काठमाडौ आसपास आएको वायु आइतवार फैलिदै पूर्वी भेगसम्म पुगेको छ । हिउँदयामको पहिलो वायु देशैभर फैलिएकाले चिसो अत्याधिक बढन् अनुमान छ । आइतवार विहानसम्म यो वर्षकै अत्याधिक चिसो महशुश गरिएको छ । वर्षा रोकिएपछि चिसो अझै बढ्नेछ । काठमाडौ उपत्यकामा तापक्रम १० डिग्री सेल्सियस सम्म रहेको छ ।

भिडियो

rainning KTM 8rainning KTM 2 rainning KTM 3 rainning KTM 4 rainning KTM 5 rainning KTM 6 rainning KTM 7rainning KTM 9

rainning KTM 9तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment