Comments Add Comment

राजेशले कसलाई भने–‘क्या ब्यूटी भाकी छौ’ ?

laljodi
काठमाण्डौको ड्रिम्स स्टूडियोमा गायक राजेश पायल राई ‘क्या ब्यूटी भाकी छौ’ भन्दै थिए । राजेशको प्रशंसाले फुर्किएकी गायिका मनिषा पोख्रेलले पनि जवाफ फर्काइन् । यो गीतलाई मुखमै झुण्ड्याउने सोचका साथ लागिपरेका थिए, संगीतकार टंक बुढाथोकी । गीतमा शब्द दिनेश सुवेदीको छ ।

संचारकर्मी  समेत रहेका निर्देशक लक्ष्मण सुवेदी ‘एउटा साथी’ पछि ‘लालजोडी’ चलचित्र बनाउने तयारीमा लागेका छन् । यही चलचित्रको लागि ड्रिम्स स्टूडियोमा गीत रेकडिङ गरिएको हो । माघ १९ गतेबाट सुरु हुने यो चलचित्रका लागि कलाकार पक्का भैसकेका छैनन् । चलचित्रलाई कमेडी र लभस्टोरीमा बुन्ने तयारी निर्देशकले गरेका छन् ।

सुवेदीले भने–‘एउटा साथी’ले राम्रो चर्चा पायो । अब ‘लालजोडी’लाई झनै उत्कृष्ट बनाउने कोशिशमा छु ।’ दिलासा क्रियशनको ब्यानरमा बन्न लागेको यो चलचित्रमा लेखन, निर्माण तथा निर्देशन सुवेदीकै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment