Comments Add Comment

लीलाधर र रमेशलाई स्वर्ण

२८ मंसिर, काठमाडौं । नेपालका लीलाधर बस्नेत र रमेश श्रेष्ठले प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सवअन्तर्गत तेक्वान्दो (आईटीएफ) मा स्वर्ण जितेका छन् । दुवैले बंगलादेशका खेलाडीलाई पराजित गरे ।

सिनियर पुरुषको ६५-७० केजीमा लीलाधरले मोहम्मद जाकिर हुसैन तथा ५६-६० केजीमा रमेशले मोहम्मद रहमादलाई हराएका थिए ।

सिनियर पुरुषकै ९० केजीमाथि बंगलादेशका मोहम्मद अबुरुद रसिडले स्वर्ण जिते भने ७१-७५ केजीमा नेपालका भीमबहादुर तामाङ पहिलो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको सिनियर महिलाको ४५-५० केजीमा सजना तामाङ, ५६-६० केजीमा बसन्ती बुढा मगर, ५१-५५ केजीमा मुना भोमजन तथा ४०-४५ केजीमा रन्जु पुलामी मगरले नेपाललाई स्वर्ण दिलाए ।

नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघद्वारा आयोजित महोत्सवअन्तर्गत तेक्वान्दो (आईटीएफ) मै जुनियर पुरुषको २०-२५ केजीमा कैलाश श्रेष्ठ, २५-३० केजीमा सार्थक बस्नेत, ३०-३५ केजीमा सुनील लामा, ३५-४० केजीमा मिङमा तेन्जिङ शेर्पा तथा ४५-५० केजीमा प्रज्ज्वल गड्तौलाले नेपालका लागि थप स्वर्ण हात पारे ।

जुनियर महिलाको २१-२५ केजीमा सब्यता केसी, २६-३० केजीमा राधिका भण्डारी, ३०-३५ केजीमा अरुणा अधिकारी तथा ३५-४० केजीमा निस्मा बस्याल पहिलो भए । पहिलो हुने चारै नेपालका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment