Comments Add Comment

बर्षाले अन्तराष्ट्रिय विमानस्थलको उडान अवतरण प्रभावित

Tribhuvan_International_Air२८ मंसिर, काठमाडौं । मौसम प्रतिकूलका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । आइतबार विहानैदेखिको बर्षाले आन्तरिक र वाह्य उडान तथा अवतरण प्राय रद्द भएका छन् ।

एयर अरेबिया र इन्डिगो एयरलाइन्सका जहाज भारतको लखनउ डाइभर्ट भएका छन् । यस्तै एयर इन्डियाका तीन जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि वाराणसी फर्किएका छन् ।

सिल्क एयरको जहाज कलकत्ता डाइभर्ट भएको छ । दिल्लीबाट आउने कुनै पनि जहाज काठमाडौंमा आएका छैनन् ।

बर्षा र कम ‘भिजिबिलिटी’ भएपछि काठमाडौंबाट उड्ने जहाज पनि उड्न सकेका छैनन् ।

दिउँसो १२:४० मा पोखराका लागि उडेको बुद्ध एयरको विमान त्यहाँ पनि मौसम खराब भएपछि अवतरण गर्न नसकेर काठमाडौं फर्किएको थियो । आज तय भएका अरु सबै उडान रद्ध भएको बुद्ध एयरले जनाएको छ ।

सिम्रिक, यति, सौर्य र नेपाल एयरलाइन्सका जहाजले पनि आइतबारका उडान तालिका रद्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment