Comments Add Comment

नेपाल बैंक सुधारेर १३ वर्षपछि फर्कियो राष्ट्र बैंक

nepal bank२८ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले विगत १३ वर्षदेखि सुधारका लागि हस्तक्षेप गरेको नेपाल बैंकको व्यवस्थापन आइतबारदेखि फिर्ता गरेको छ ।

राष्ट्र बैंकको व्यवस्थापनले आइतबार विशेष साधारणसभा गरी नयाँ सञ्चालक समितिलाई जिम्मा लगाएसँगै राष्ट्र बैंक फर्किएको डेपुटी गभर्नर महाप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘बैंकलाई मजबुत बनाएर लगानीकर्तालाई जिम्मा लगाएका छौं’ अधिकारीले भने -अब कुशलतापूर्वक सञ्चालन गर्ने जिम्मा नयाँ सञ्चालक समितिको हो ।

हाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मशेश्वरलाल श्रेष्ठले व्यवस्थापकीय नेतृत्व गर्दै आएका थिए । सोमबारदेखि श्रेष्ठ समूहको व्यवस्थापन टोली औपचारिकरुपमा राष्ट्र बैंक फर्किने छ ।

बैंकमा ५६ प्रतिशत खराब कर्जा र १० अर्ब बढीले पुँजीकोष ऋणात्मक भएपछि २०५८ चैत १ गते राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।

विशेष साधारणसभाले बैंकको सात सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सर्वसाधारणबाट सञ्चालक समितिमा निश्चल प्रधान र सुरेन्ऽवहादुर सिंह निर्वाचित धएका छन । प्रधान पुँजी बजारका निकै ठूला लगानीकर्ता कहलिएका निर्मल प्रधानका छोरा हुन् भने सिंह नेपाल इन्भेष्टमेन्ट बैंकका पूर्व सञ्चालक हुन । बैंकमा चार जना सरकारका प्रतिनिधि र एक जना विशेषज्ञ सञ्चालक रहने व्यवस्था छ ।

राष्ट्र बैंकले हस्तक्षेप गर्दा बैंकले ३४ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब २५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो भने ७ अर्ब १५ करोड रुपैयाँ लगानी गरेको थियो । बैंकको वित्तीय स्वास्थ्य कमजोर भएकाले सर्वसाधारण निक्षेपकर्ताको निक्षेप जोखिममा परेको थियो । सर्वसाधारणको रकम डुब्न नदनि राष्ट्र बैंकले हस्तक्षेप गरेको अधिकारीले बताए ।

हाल बैंकले ६९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २२ अर्ब ६६ करोड रुपैयाँ लगानी छ । राष्ट्र बैंकले हस्तक्षेप गर्दा ५६ प्रपितशत रहेको खराब कर्जा अहिले ४.७४ प्रतिशतमा झरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको र १ सय २० शाखा र ६ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकको सुधार गर्न सरकारले विश्व बैंक र डिएफआइडिसँग ऋण तथा अनुदान लिएको थियो । ७७ बर्ष अघि स्थापना भएको यो बैंक नेपालकै सबैभन्दा पुरानो बैंक हो । सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्र सञ्चालन गरी समस्यामा परेका सरकारी लगानीका बैंकहरुलाई बचाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment