Comments Add Comment

दैनिक १३ नेपालीले गर्छन आत्महत्या, नेपाल आत्महत्या गर्ने मुलुकको आठौं स्थानमा

२९ मंसिर, काठमाडौ । विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौं स्थानमा परेको छ । नेपालमा औषतमा दैनिक १३ नेपालीले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।Hanging

जनसंख्याको अनुपातमा सवैभन्दा धेरै आत्महत्याका घटना गुएनामा भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ, नयाँ पत्रिकामा खबर छ । त्यसपछि उत्तर कोरिया, दक्षिण कोरिया, श्रीलंका, लिथुआनिया, सुरिनाम, मोजाम्बिक, नेपाल र तान्जानिया छन् ।

नेपालमा आत्महत्याका घटना बढ्दै गएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षयता आत्महत्याका घटना ५० प्रतिशतले वृद्धि भएका छन् । आव ०६६/६७ मा तीन हजार तीन सय नौ जनाले आत्महत्या गरेका थिए । आव ०७०/७१ मा चार हजार पाँच सय चार जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्क छ । ०६१/६२ देखि ०७०/७१ सम्म २९ हजार नौ सय पाँच जनाले आत्महत्या गरेको नेपाल प्रहरीका डिएसपी पवन गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार विष सेवन गरेर, आगो लगाएर, झुण्डिएर, नदी तथा भीरबाट हाम फालेर, करेन्ट लगाएर डुबेर तथा हातहतियार तथा औजार प्रयोग गरेर आत्महत्याका घटना हुने गरेका छन् । आत्महत्या गर्नेमा बढी महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment