Comments Add Comment

तेल चोर्न आयल निगमकै अनुमति !

२ पुस, काठमाडौं । नेपाल आयल निगमले सिनामंगलस्थित हवाई इनधन डिपोमा तेल ओसार्ने ट्यांकरचालकसँग ट्यांकरको तल्लो भागबाट तापक्रम नाप्ने सहमति गरेको छ । तल्लो भागबाट तेल मापन गर्दा प्रतिट्यांकर ४५ लिटर तेल चोरी गर्न सकिने निगम स्रोतको भनाइ छ ।

Petrol-Pumpसञ्चित घाटा ३५ अर्ब र ३७ अर्ब ऋणमा रहेको निगमलाई नोक्सानी क मगर्न ट्यांकरको माथिल्लो, मध्य र तल्लो भागको औसत तापक्रम लिन विभिन्न कार्यदलले सुझाव दिएका छन् । तीन पटकसम्म नापेर औसत निकाल्न झन्झट भए ट्यांकरको मध्य भागलाई आधार मानेर तापक्रम नोक्सानीको दर निर्धारण गर्न पनि कार्यदलको सुझाव छ । तर, निगम व्यवस्थापनले बुधबार चालकसँग ट्यांकरको तल्लो भागबाट मात्र तापक्रा नोक्सानी नाप्ने सहमति गरेको नयाँ पत्रिकामा खबर छ ।

गुणस्तर तथा नाप-तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी संयोजकत्वको कार्यदलले ७ मंसिरमा बुझाएको प्रतिवेदनमा ट्यांकरको तल्लो भागबाट तापक्रा लिँदा करिब ३ डिग्री सेन्टिग्रेड तापक्रम कम हुन्छ । २० किलोलिटरको ट्यांकरमा तीन डिग्री सेन्टिग्रेट तापक्रम फरक पार्दा ४५ लिटर तेल चोरी गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment