Comments Add Comment

स्थानीय र प्रहरीबीच झडप, १० घाइते

३ पुस, पोखरा । उचित मुअब्जा माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण छिनेडाँडा पोखरामा तालबन्दी गर्न पुगेका स्थानीय जग्गाधनी र प्रहरीबीच झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् ।

प्रहरी र स्थानीयवासीतर्फ पाँच-पाँचजना घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी वसन्त लामाले जानकारी दिएका छन् । जग्गा धनीतर्फ घाइते भएका दुईजनाको मनिपाल अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले चार दशकअघि पोखरामा क्षेत्रीय विमानस्थल बनाउन ३६०१ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, जग्गा अपुग भएको भन्दै थप ६२९ रोपनी अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ ।

पछिल्लोपटक अधिग्रहण गर्न लागिएको जग्गाका लागि मुअब्जा रकम अति न्यून मूल्यंकन गरिएको भन्दै स्थानीय जग्गा धनी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । प्रहरीसँगको झडपपछि उनीहरुले झण्डै एक घन्टा पृथ्वीराजमार्गमा चक्काजाम समेत गरेका थिए ।

सरकारले प्रतिरोपनी २२ लाख हाराहारी मूल्य प्रस्ताव गरेको छ भने जग्गाधनीले आनाकै १८ लाख मागेका छन् । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार सङर्ष समितिका सचिव बोधराज कार्कीले उचित मुअब्जा नपाएसम्म विमानस्थल बन्न नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment