Comments Add Comment

एकसय पुरुषसँग एकै पटक डेट जाँदै सन्नी लियोनी

Sunny-Leone
तपाइलाइ अचम्म लाग्न सक्छ बलिउडकी हट गर्ल एवं पूर्व पोर्नस्टार सन्नी लियोनी एकसाथ एकसय जना तन्नेरीसँग डेटिङ जाँदैछिन् । पुरुषहरुका लागि कण्डोम र महिलाका लागि न्यापकिन उत्पादन गरेको मेनकाइण्ड फर्माले यो ब्यबस्था मिलाएको हो ।

यसरी सन्नीसँग डेटिङ जाने मौका भने ग्रीस र ब्राजिलका युवाहरुले पाउँनेछन् । एजेन्सीले उल्लेख गरे अनुसार मेनकाइण्डका सामान प्रयोग गर्नेहरु मध्ये एकसय जनासँग बसेर सन्नीले डिनर खानेछिन् ।

मेनकाइण्डका उत्पादनले अहिले ब्राजील र ग्रीसमा राम्रो बजार पाएको छ । सोही कारण कम्पनिले सामानको प्रचार प्रसारमा पनि उत्तेजक शैली अपनाएको छ ।

मेनकाइण्डका सामान प्रयोग गरेकै भरमा मात्रै सन्नीँंग डेट जाने मौका जोसुकैले पाउने छैनन् । यसका लागि कम्पनिले अनलाइन र्फम भराउने छ । जो छनौटमा पर्छन्, उनिहरुले मात्रै सन्नीसँग डेट जाने मौका पाउँछन् ।

फिल्महरुमा उत्तेजक शैलीमा प्रस्तुत भएकै कारण सन्नी लियोनका प्रसंसक भारतमा समेत निकै बढेका छन् । अहिले भारतकी ब्यस्त र चर्चित मानिने सन्नी मंहगी नायिकाको श्रेणीमा समेत अग्रपंक्तिमा आउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment