Comments Add Comment

लेकसाइडमा सेलवेज मार्ट

unnamed९ पुस काठमाडौं । विगत दुई दशकभन्दा अघिदेखि सञ्चालित सेलवेजले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा अर्काे शाखा विस्तार गरेको छ । पोखराको लेकसाइडमा आज मंगलबारबाट सेलवेज मार्टका नामबाट यो शाखा पुर्णरुपमा संचालनमा आएको सेलवेजका प्रमुख ब्यवस्थापक दयाल गिरीले बताए ।

आठ करोड लगानीमा आठ हजार स्क्वायर फुटमा निर्मित यो स्टोर्स उद्घाटनको अवसरमा डिसेम्बर २४ बाट जनवरी १० सम्म १० प्रतिशत छुटको व्यवस्था गरिएको गिरीले जानकारी दिए ।

यो योजना सेलवेज डिपार्टमेण्ट स्टोर्स महेन्द्रपुल, सेलवेज टावर चिप्लेढुंगा र सेलवेज लेकसाइड गरी तिनैवटा शाखाहरुमा लागु गरिने बताइएको छ ।

क्रिसमस र नयाँ वर्ष २०१५ को अवसर पारेर खोलीएको स्टोर्समा लेकसाइडमा हुने सडक महोत्स्वको रौनकमा स्वदेशी तथा विदेशी पर्यटकहरुको भिडभाड समेत व्यापक हुने भएकोले लेकसाइडका व्यापारी तथा स्थानीयहरुले सेलवेज लेकसाइडलाई विषेश महत्वका रुपमा हेरेको बताइएको छ ।

पोखराको महेन्द्रपुलमा २२ वर्ष अगाडि स्थापना भएको सेलवेज हाल चिप्लेढुंगा, पुल्चोक ललितपुर, महाराजगंज र सातदोवाटोमा गरि पांच ठाउमा संचालित रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment