Comments Add Comment

राई सुन्दरी माघ १५ मा छानिने

काठमाडौं । किरात राई मौलिक कला संस्कृति केन्द्रले तेस्रो संस्करणअन्तर्गत मिस राई २०१५ गर्ने भएको छ केन्द्रले किराती नयाँ वर्ष यलेदोङ ५०७५ को अवसर पारेर आगामी माघ १५ मा मिस राई गर्न लागेको हो ।

miss-raiकिराती पहिचान पहिल्याउँदै गर्न लागिएको मिस राई २०१५ मा सहभागी हुने राई युवतीले एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा १६ टेकेको र २६ वर्ष ननाघेको, अविवाहित र उचाइ ५ फिट हुनुपर्ने किरात राई केन्द्रलेे जनाएको छ ।

मिस राईमा सहभागी हुन चाहनेका लागि पहिलो अडिसन पूर्वाञ्चल र दोस्रो काठमाडौंमा गरिने भएको छ । पूर्वाञ्चलमा पुस १२ र काठमाडौंमा हुने दोस्रो अडिसन पुस १६ गते हुनेछ । अडिसनबाट छनोट भएकालाई काठमाडौंको कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानमा माघ १५ अन्तिम स्पर्धा गराइनेछ । मिस राई विजेतालाई प्रमाणपत्र, ५० हजार रुपैयाँसहित मिस राई अवार्ड दिइनेछ ।

राई समुदायमा तीन चुलाको विशेष भूमिका रहने भएकाले प्रतियोगिताको फस्र्ट, सेकेन्ड र थर्ड रनरअपलाई क्रमशः (वंशज चुलो), (कुटुम्ब चुलो) र (समाज चुलो), प्रमाणपत्र, २०/२० हजार रुपैयाँसहित तीन चुलाका आधारमा अवार्ड वितरण गरिनेछन् ।

अन्य विशेष उपाधिमा किरात दर्शनअनुसार मिस फोटोजेनिक (निनाम्मा), मिस डिसिप्लिन (हेन्खामा), मिस ट्यालेन्ट (सुम्दिमा), मिस फ्रेन्डसीप (बाखाम्मा), मिस बेस्ट ड्रेस (सारुमा), भ्युअर च्वाइस अवार्ड (तायामा) र मिस पर्सनालिटी (खियामा) रहने आयोजकले जनाएको छ । मिस राईमा सहभागीलाई समाजका स्थापित व्यक्तित्वले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिनेछन् भने किरात विद्वान्हरूबाट जातीय पहिचानसम्बन्धी जानकारी दिइनेछ ।

यसैगरी, किरात भूमि, ऐतिहासिक धरोहरको पदयात्रासँगै जातीय भेषभूषा, भाषा, धर्म र संस्कृतिबारे समेत प्रशिक्षण दिइने । आफ्नो कला, संस्कृति बिसर्ंदै गएका राई युवतीलाई साकेला नाच्न सिकाउँदै किराती बाजासम्बन्धी जानकारी गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment