Comments Add Comment

क्रिसमस पार्टीमा रमाए ब्रिटिस कलेजका विद्यार्थी

British-College-Crismas-2

९ पुस, काठमाडौं । भनिन्छ, पर्व र उत्सवहरु खुशी साट्ने राम्रा अवसरका हुन् । धर्म, जाति, भौगोलिक क्षेत्रभन्दा पर रहेर चाडपर्वहरुको उन्मादमा रंगीनु मानवीय गुण र स्वभाव हो । त्यसैले अहिले काठमाडौं सहर पश्चिमाहरुले मनाउँदै आएको नयाँ वर्ष र क्रिसमस रौनकमा डुबेको छ ।

तन्नेरी पुस्ताको त कुरै नगरौं । यस्ता चाडहरु उनीहरुका लागि मस्तीको बहाना बन्छन् । बुधबार यस्तै एउटा रमाइलो जमघटको आयोजना भएको थियो, काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजमा ।

सबै समुदाय, क्षेत्र र धर्मका युवा विद्यार्थीहरु क्रिसमसको अवसरमा आयोजना गरिएको ‘क्रिसमस पार्टी’मा रमाए । विहान ९ बजेदेखि सुरु भएको क्रिसमस पार्टी अबेर मध्यान्हसम्म चल्यो । पार्टीमा फुड फेस्टिबलसँगै नृत्य र संगीतका कार्यक्रम भए । विद्यार्थीहरु होस्टेमा हैसै गर्दै एक अर्कासँग उत्साह र खुशी साटे ।

“एकदमै रमाइलो भयो” झम्सिखेलकी गृष्मा श्रेष्ठले भनिन्, “एकअर्कालाई चिन्ने अवसर मिल्यो । न्यु एक्पीरियन्स भयो ।” संसारमा सबै मानिस एकै भएको मत राख्ने गृष्माले यस्ता अवसरहरुले आपसमा भातृत्व र सद्भाव बाँडन सहयोग पुग्ने धारणा राखिन् ।

“धर्म र क्षेत्रका आधारमा मानिसहरुलाई बाँड्नु हुँदैन” १९ वर्षीया उनले भनिन्, “एउटा राउण्ड अर्थका हामी सबै एकै हौं ।” बिबिए पहिलो सेमेष्टरमा अध्ययनरत गृष्माले यसो भनिरहँदा वरिपरि रहेका उनका दर्जनौं साथीहरुले ताली पिटे र उनको मतसँग सहमति जनाए ।
British-College-Crismas
सान्टाक्लजको भेषमा सजिएर रन्दीप साहले कलेजको चक्कर मारे । सबै साथीहरुसँग फोटो खिचे । १० वर्ष अमेरिकामा बसेर फर्किएका उनी अहिले बि्रटिस कलेजका बिबिए थर्ड सेमेस्टरका विद्यार्थी हुन् ।

“अमेरिकामा र यहाँको एक्सपिरियन्स एकदमै भिन्न रहृयो” उनले सान्टाक्लजको भेषमा सजिदाको अनुभव सुनाए, “सान्टाक्लज बन्दा सबै साथीहरु नजिक आए र मसँग फोटो खिचाए ।” काठमाडौं कुलेश्वरका २२ वषर्ीय तन्नेरी रन्दीपले हिन्दु धर्मावलम्बी हुन्, तर उनलाई क्रिसमस आफ्नै चाडजस्ता लाग्छ ।

क्रिसमस पार्टीको सफल बनाउन सक्रिय बनेका अर्का विद्यार्थी रोशनराज मेहताले क्रिसमस पार्टी एकदमै रमाइलो भएको बताए । “हामीले फुड कम्टिीशन, पानीपुरी कम्पिटिशन र डान्स कम्टिीशन समेत गरेर रमाइलो गर्‍यौं,” उनले भने, “वर्षभरिमा काममा लाग्ने कलेजका हेल्परहरुलाई पनि सम्मान गर्‍यौं । एकदमै खुशी लाग्यो ।”

“वर्षभरिको पढाइबाट यो एउटा रिफरेशमेण्ट पनि हो,” गृष्मा बोलिन् । “कहिलेकाहीँ त रमाइलो पनि त गर्नुपर्‍यो,” रोशनराजले थपे ।

फुड फेस्टिबलमा रन्दीप साहले बनाएको वर्गरले फष्टको पुरस्कार पायो । पानीपुरी खाने होडबाजीमा भने नेहा श्रेष्ठले बाजी मारिन् । अन्ततः उनीहरुले एकअर्कामा परिचय नवीकरण गरे । उनीहरुले पैसा जम्मा गरेर आपसमा गिफ्ट आदान/प्रदान गरे । क्रिसमस पार्टीलाई एउटा अवसर बनाएँ, साथीभाइबीच खुशीयाली साटें । र, भने-ह्याप्पी क्रिसमस इभ, मेरी क्रिसमस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment