Comments Add Comment

बिगबोसमा सलमानको सट्टा कपिल शर्मा

salman-khan-kapil-sharma
मुम्बई । चर्चित रियालिटी शो ‘बिग बोस’ मा को प्रस्तोताका रुपमा कपिल शर्मा आउने भएका छन् ।
शनिवार प्रशारण हुने कार्यक्रममा प्रस्तोताको रुपमा कमेडी स्टार कपिल शर्मा सहभागी हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
आज सलमान खानको जन्मदिन परेकाले उनले परिवारका सदस्यका साथ बिताउने योजना बनाएका छन् । सलमान ब्यस्त हुने भएकाले कपिललाई ल्याउन लागेको कलर्श टेलिभिजनले जनाएको छ ।
त्यसो त सलमान ले पहिले नै डिसेम्बरपछि कार्यक्रममा सहभागी हुन नसक्ने बताउँदै आएका छन् । किनकी जनावरीदेखि उनी नयाँ फिल्मको सुटिङमा ब्यस्त हुने भएका छन् ।
‘बजरंगी भाइजान’ नामक हिन्दी फिल्ममा काम गरेका सलमान उक्त फिल्ममा करिनाको हिरो बन्ने भएका छन् । जनावरीपछि यस कार्यक्रमको सञ्चालन फराह खानले गर्ने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment