Comments Add Comment

अवैध क्रियाकलापमा संलग्न ६ युवती पक्राऊ

१२ पुस, कैलाली । प्रहरीले कैलालीको धनगढीबाट अवैध यौन धन्दामा संलग्न भएको भन्दै ६ जना युवतीलाई पक्राउ परेको छ ।

प्रहरी निरीक्षक मनोहर भट्ट नेतृत्वको टोलिले धनगढी नगरपालिका ४ उत्तरबेहडिबाट ६ जना युवतीलाई नियन्त्रणमा लिएको हो । डम्मर चौधरीको एक कोठे कच्ची घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको भट्टले जानकारी दिए ।

पक्राउ परेका सबै धनगढी बाहिरका युवतीहरु रहेको बताइएको छ ।

चौधरीको घरमा अवैध यौनजन्य क्रियाकलाप हुने गरेको भनेर स्थानियले दिएको सूचनाको आधारमा प्रहरीले चौधरीको घरमा छापा मारेको थियो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment