Comments Add Comment

१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन

Air asia

 १३ पुस, काठमाडौं । १६२ जना चढेको इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको छ ।

विमान जाभा सागरमा खसेको आशंका गरिएको छ । आइतबार दिनभर खोजी गर्दा पनि विमान भेटिएको छैन ।

इण्डोनेसिया र सिंगापुरको फौजी विमान खोजीमा जुटेको थियो । तर, अबरसम्म पनि नभेटिएपनि रात परेका कारण विमानको खोजी स्थगित भएको छ ।

सुरबयाबाट सिंगापुरका लागि उडेको एयर एसिया इन्डोनेसियाको QZ ८५०१ विमान केहीबेरमा नै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको थियो ।

विमानमा चालक दलका सात सदस्यसहित १६२ जना थिए ।

विमानमा यात्रु नेपाली छैनन्

हराइरहेको विमान नेपाली यात्रु नभएको प्रष्टि भएको छ । एयर एसियाले फेसबुकबाट सार्वजनिक गरेको यात्रु सूचीमा नेपाली छैनन् ।

Family-and-friends-of-missing-flight-Passangers

१५६ इन्डोनेसियाली, तीन दक्षिण कोरियाली तथा फ्रान्स, मलेसिया र सिंगापुरका एक-एक नागरिक छन् । जसमा १६ बच्चा र ७ जना चालक दलका सदस्य छ्न् ।

बीबीसीका अनुसार कालीमान्टान र जाभा आइसल्याण्ड बीचमा पर्ने जाभा समुन्द्रमाथि पुगेपछि विमानको सम्पर्क टुटेको यातायात मन्त्री हादी मास्तोबाले जनाएका छन् ।

एयर कन्ट्रोलसँग सम्पर्क टुट्नु अघि चालक दलका सदस्यले वादलका कारण मौसम खराव रहेको भन्दै अर्को रुटबारे सोधेको समेत उनले बताएका छन् ।

यो वर्ष मलेसियाको मलेसियन एयरलाइन्सको दुई विमान दुर्घटनामा परिसकेको छ । गत मार्चमा २३९ यात्रुसहित जाकार्ताबाट बेइजिङका लागि उडेको विमान अझै भेटिएको छैन । मलेसियन एयरले सबैको मृत्यु भएको घोषणा गरिसकेको छ ।

जुलाइमा मलेसियन एयरकै अर्को विमान युक्रेनमा दुर्घटना भयो, जसमा २९८ जनाले ज्यान गुमाए । विमानमा क्रिमियाका पृथकतावादीले  आक्रमण गरेको बताएपनि पुष्टि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment