Comments Add Comment

कार बिक्रीमा होण्डाको किर्तिमान, एक बर्षमै ६२ प्रतिशत बृद्धि

 Honda-Mobilio

नयाँ दिल्ली । जापानीज प्रख्यात लक्जरी कार निर्माता कम्पनी होण्डाले भारतीय बजारमा बिक्रीको किर्तिमान बनाएको छ ।

सन् २०१४ मा होण्डाले भारतीय बजारमा एक लाख ८० हजार युनिट कार बेचेको छ, जुन अघिल्लो बर्षको तुलनामा ६२ प्रतिशतको बृद्धि हो ।

भारतीय बजारलाई लक्षित गर्दै होण्डाले यही बर्ष मध्यम आकारको सेडान कार ‘सिटी’ र सात सिटे बहुउपयोगी ‘मोबिलियो’ कारको बिक्रि सुरु गरेको थियो । जसले होण्डाको बिक्रीलाई हृवात्तै बढाइदियो ।

‘सन् २०१४ होण्डाका लागि निकै सफलताको बर्ष रह्यो’ होण्डा कार इन्डियाका बरिष्ठ उपाध्यक्ष जनेशवर सेनले भने- ‘हामीले लागातार तेस्रो बर्ष पनि उच्च बृद्धि हासिल गर्न सफल भएका छौं ।’

सन् २०१३ मा होण्डाले १ लाख ११ हजार युनिट कार बेचेको थियो ।

Honda-City

जनवरीमा लञ्च गरिएको होण्डा सिटी नोभेम्बरसम्ममा ७१ हजार युनिट बिक्री भइसकेको छ भने अगष्टमा बिक्री सुरु भएको होण्डा मोबिलियो पाँच महिनाको अबधिमा २२ हजार युनिट बिक्री भएको छ ।

होण्डाले यो बर्ष आफ्नो बिक्री नेटवर्कलाई द्रुत गतिमा विस्तार गर्दै नोभेम्बरसम्मा २ सय बिक्री केन्द्र पुर्‍याएको छ ।

‘आगामी आर्थिक बर्षको अन्त्यसम्ममा हामीले थप १ सय डिलर थप्दैछौं’ उपाध्यक्ष सेनले भने ।

माग र बिक्री बढेसँगै होण्डाले भारतमा आफ्नो उत्पादन क्षमतालाई समेत दोब्बर बनाउँदै छ । तापुकारा प्लान्टमा एसेम्बिलिङ सुरु भएसँगै दुई सिफ्टमा कार उत्पादन थालिएको थियो ।

होण्डाले सिटी र मोबिलियो दुवै मोडल नेपालमासमेत बिक्रि थालिसकेको छ । नेपालका लागि होण्डाको आधिकारिक बितरक स्याकर कम्पनीले हो ।

-प्रेस ट्रष्ट अफ इण्डियाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment