Comments Add Comment

पल्सर डेयरभेञ्चर सम्पन्न, अनिल भए साहसी राइडर

Pulsar-Dereventure

१३ पुस, काठमाडौं । ‘बजाज पल्सर डेयरभेञ्चर’को पहिलो संस्करण समापन भएको छ । बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले उक्त कार्यक्रम आयोजन गरेको थियो ।

कम्पनीले शुक्रबार एक समारोह आयोजना गरी डियरभेञ्चरका सर्वोत्कृष्ट प्रतिस्पर्धीहरुलाई पुरस्कार प्रदान गरेको छ । डियरभेञ्चरमा १० प्रतिस्पर्धीहरु अपर मुस्ताङ गाएका थिए ।

प्रतिस्पर्धीमध्ये सर्वोत्कृष्ट साहसी राइडर अनिल कुमार कुशुवाह, सर्वाधिक लोकप्रिय राइडर सन्तोष अधिकारी र अकिव अब्दुल अतित सर्वोत्कृष्ट अनुशासित राइडर बनेका छन् ।

बजाजले आयोजना गरेको पल्सर डियरभेन्चर नेपालको पहिलो बाइक रियालिटी शो हो । यस कार्यक्रमका दौरान १० साहसी प्रतियोगीहरुले पल्सर बाइकमा ‘अन-अफ रोड’ हुँदै एउटा साहसीक राइडमा जाने मौका पाएका थिए ।

Pulsar-Dereventure-2

प्रतियोगीतामा सामेल हुनका लागि प्रतियोगीहरुले शुरुवातमा नै धेरै प्रकारका जटिल तालिमहरु लिएको कम्पनीले जनाएको छ । कम्पनीले सबै १० जना सर्वोत्कृष्ट प्रतियोगीहरुलाई पल्सर बाइक दिएको छ ।

एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले डियरभेञ्चरको दोस्रोे संस्करणको तयारी पनि सुरु भइसकेको बताए । ‘हामीले बजाज पल्सरका साहसी राइडरहरुलाई अपर मुस्ताङको रोमाञ्च अनुभव गर्ने मौका दियौं, यो नेपालको पहिलो बाइक रियालिटि शो हो र हामी आउँदो दिनहरुमा पनि यसको अझै धेरै सिक्वल निकाल्नेछौंं ।’

यसबाट युवा राइडरहरुले नेपालका साहसीक भू-भागहरुमा आफ्नो कौशल देखाउने मौका पाउने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment