Comments Add Comment

लोकगीतमा भित्री बस्त्र देखाउने होडबाजी

jyoti magar
काठमाडौं । डेनमार्कमा रहेका नेपाली समुदायका विचमा साँस्कृतिक कार्यक्रम प्रस्तुती गर्न गएकी ज्योती मगरले जसरी आफूलाई प्रस्तुत गरिन्, त्यो हेर्दा कुनै हलिउड नायिकाको भावभंगीजस्तो लाग्छ ।

जिम्मालबाकी छोरी भन्दै स्टेजमा हा हु गरेकी ज्योतीले छाती खुलेको ड्रेस लगाएकी छिन् । सायद उनलाई त्यो ड्रेस पनि पर्याप्त नलागेर होला बेलाबेला घोप्टिएर आफ्ना बक्षलाई थप उदांग पार्न लालायित देखिइन् ।

छाती देखाएर चर्चामा आउने ज्योतीको यो पहिलो कोसिस भने हैन । यसअघि नेपाल टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा पनि यस्तै छाती खुलेको पहिरन लगाएपछि टेलिभिजनले अन्तरवार्ता प्रशारणमा रोक लगाएको थियो ।

लोकगीतकोे भिडियो एवं स्टेजमा अर्धनग्न हुने ज्योति नै पहिलो मोडल भने होइनन् । गुरुङ सोल्टीको स्वर, संगीत र निर्देशन रहेको ‘भट्टीको शराब’ बोलको भिडियोमा पनि मोडललाई अर्धनग्न शैलीमा प्रस्तुत गरिएको छ ।

sushma karki
रमिला न्यौपाने र प्रबिन घर्तीको स्वर रहेको ‘बर्बादै भो’ बोलको गीतमा पनि पनि सुस्मा कार्कीले वानपिसमा भित्री बस्त्र देखिनेगरी आफूलाई उदार देखाएकी छिन् ।

मोडलहरुको भल्गर प्रस्तुती र फितला शब्दहरुप्रति कतिपय गायक गायिका असन्तुष्ट छन् । गायक बद्री पंगेनी लोकगीतलाई अश्लिल हुनबाट जोगाउनु पर्ने धारणा राख्छन् । तर, केही नयाँ कलाकार भने समयअनुसार चल्नुपर्ने दाबी गर्छन् ।

समयअनुसार चल्नुपर्छ भन्ने कुरा आफ्नो पालामा पनि भएको धारणा राख्ने कुमार बस्नेत समयको बहानामा भल्गर हुन नहुने बताउँछन् ।

विदेशी स्टेजमा हट हुन चाहन्छन् हिरोइन
पछिल्लो समय कमाइको राम्रो माध्यम भएको छ स्टेज । सांस्कृतिक कार्यक्रम प्रस्तुतिको बहानामा विदेशी शहरमा पुगेका नेपाली हिरोइनहरु अर्धनग्न शैलीलाई पहिलो प्राथमिकतामा राख्न खोज्छन् ।

नाच्ने कलाकारहरुले गीतको भाव अनुरुप भन्दा पनि दर्शकको चाहना अनुसार आफूलाई पारदर्शी र छोटो पोशाकमा प्रस्तुत गर्न चाहन्छन् । आफूलाई यसरी प्रस्तुत गर्ने काममा नायिका सुस्मा कार्की सबैभन्दा अगाडी छिन् भने पछिल्लो समयमा लोक गायिका ज्योति मगर सुस्मालाई माथ गर्ने अभियानमा छिन् ।

सबै उत्ताउला छैनन्
बद्री पंगेनी, पशुपति शर्मा, सुनिता दुलाल, कोमल वली लगायतका लोक गायक गायिका पनि विदेशी स्टेजमा सर्वाधिक रुचाइने कलाकार हुन् । तर, यी कलाकार कहिल्यै उत्ताउलो प्रस्तुति दिँदैनन् ।

लोकगीतलाई भल्गर हुनबाट जोगाउन आफू प्रयासरत रहेको बताउने सुनिता विदेशी शहरमा नेपाली कलाकार सभ्य भएर प्रस्तुत हुनुपर्ने धारणा राख्छिन् ।

उत्ताउलो भिडियो टिक्दैन: कुमार बस्नेत

‘लोकगीत पुरै शास्त्रिय हुनुपर्छ भन्दिनँ । तीसको दशकमा छोरी भन्दा आमा तरुनी भनेर गाउने मान्छे मै हुँ,’ लोकगीतमा अश्लिलताबारे टिप्पणी गर्दै कुमार बस्नेतले भने-‘तर, गायक गायिकाले समाजको वास्तविकता के हो बुझ्नैपर्छ । उत्ताउलो भिडियो केही दिन हिट होला तर, टिकाउ हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment