+
+

सम्पत्ति विवरण नबुझाउनेमा सुजाता, राज्यलक्ष्मीदेखि विक्रम पाण्डेसम्म

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १४ गते २०:३३

१४ पुस, काठमाडौं । सार्वजनिक पद धारण गरेर सम्पत्ति विवरण नबुझाउने एक मन्त्री र ५६ सभासदको नाम राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छ ।

sujata koiralaकेन्द्रका अनुुसार सहरी विकासमन्त्री डा. नारायण खड्काले सम्पत्ति विवरण बुझाएका छैनन् । मन्त्रिपरिषद्का १३ सदस्य, तीन सभासद् र राष्ट्रपतिबाट नियुक्त वा मनोनीत पाँच पदाधिकारीले ढिलो गरी सम्पत्ति विवरण बुझाएको प्रवक्ता भोजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।

विभिन्न दलका ५६ सभासदले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन् ।

यसरी सम्पत्ति विवरण नबुझाउनेमा कांग्रेस सभासद सुजाता कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, एमालेका भीम आचार्य, राज्यलक्ष्मी गोल्छा, एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, हरिबोलप्रसाद गजुरेल र राप्रपाका दिपक बोहोरा र विक्रम पाण्डे छन् ।

उनीहरुलाई जनही ५ हजार जरिवाना गरिने केन्द्रले जनाएको छ । सम्पत्ति विवरण नबुझाउने २२ हजार २५१ जना सार्वजनिक पल धारण गरेका व्यक्तिलाई जनही पाँच हजार जरिवाना गरिने र यसबाट एघार करोड १२ लाख ५५ हजार राजस्व असुल हुने केन्द्रले जनाएको छ ।

सार्वजनिक पद धारण गरेका तीन लाख २३ हजार २६३ पदाधिकारीमध्ये आव २०७०।७१ मा दुई लाख ९९ हजार ४०४ जनाले समयमै र एक हजार ६०८ जनाले म्याद नाघेपछि सम्पत्ति विवरण बुझाए ।

सम्पत्ति विवरण नबुझाउनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय तथा अन्तर्गतका कर्मचारी, सभासद्, सेना प्रहरी, निजामती कितावखानामा सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारी र विभिन्न विश्वविद्यालयका प्राध्यापक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?