Comments Add Comment

दुबइका ‘राजा’ निखिल

nikhil-upreti
नेपाली चलचित्रमा कुनै समय एक्सनमा जमेका नायक निखिल उप्रेती ५ बर्षसम्म मुम्बइमा हराए । अहिले उनी मुम्बइबाट नेपाल फर्केर आफ्नो पुरानो छविलाई फर्काउने कसरतमा छन् । यही क्रममा निखिल अब ‘राजा’ नामक चलचित्रमा एक डनको भूमिकामा देखिने भएका छन् ।

सम्पूर्ण छायांकन दुबइमा हुन लागेको यो चलचित्रमा जयकिशन बस्नेत र जीके शर्मा कलाकारको रुपमा निखिलसँगै पक्का भएका छन् । अन्य कलाकारको खोजी भैरहेको निर्माणपक्षले जनाएको छ ।

चलचित्रलाई दीपक खाँडले निर्देशन गर्दैछन् । दीपकले यसअघि चलचित्र ‘आफन्तको माया, माया नगर, सलाम छ मायालाई’ निर्देशन गरिसकेका छन् । साथमा उनले केही भोजपुरी चलचित्रको निर्देशन पनि गरेका छन् । उनले बलिउड नायक गोविन्दका भाञ्जा विनय आनन्दसँग ‘खुनी दंगाल’ नामक भोजपुरी चलचित्रमा एकसाथ नायकको रुपमा काम पनि गरेका छन् ।

सालिक सुवेदीको निर्माण, निरञ्जन सिग्देल कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा दिनेश अधिकारीको नृत्य, हिमाल केसीको एक्सन रहने पक्का भएको छ ।

चलचित्रमा सह निर्माताको रुपमा अमर कुँवर र बोस्तान शर्मा छन् । यो चलचित्रमा निखिल डनको रुपमा देखिदैछन् । दुबइमा रहेका डनहरुको कथामा यो चलचित्र बन्ने छ । दुबइका रमणिय स्थानमा फागुन १५ गतेदेखि छायांकन हुने चलचित्रलाई पूर्णतया एक्सन कथामा तयार पारिने निर्माणपक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment