Comments Add Comment

स्वस्थानी सुन्दै चलचित्र ‘झोला’ हेर्न पाइने

चलचित्र झोलाको एक दृश्य

काठमाडौं । शालीनदीमा सुरु हुने श्री स्वस्थानी मेलामा चलचित्र ‘झोला’ प्रदर्शन गरिने भएको छ । स्थानिय संस्थाको सहयोगमा सिनेमा प्रदर्शन गर्न लागिएको निर्देशक यादबकुमार भट्टराइले बताए ।
‘स्तरीय साउण्ड सिष्टम सहित राम्रो सिटको ब्यबस्था भएको हल बनाउँदै छौं ।’ अनलाइनखबरसंग कुरा गर्दै भट्टराइले भने ।
‘पुस २१ गतेपछि भक्तजनहरुले स्वास्थानीको कथा सुनेपछि सती जानेहरुको ब्यथा पर्दामा हेर्न पाउनेछन् ।’
पुस २१ गतेदेखि मेला अवधिभर फिल्म प्रदर्शन गर्ने योजनामा रहेको निर्माण पक्षले फिल्म प्रदर्शनको समय तोकेको छैन ।
दर्शकको माग अनुरुप जुनसुकै वेला फिल्म प्रदर्शन गर्ने निमाण पक्षको योजना छ । निर्माता एवं नायक राज तिमल्सिनाका अनुसार दर्शकले चाहे भने राती पनि फिल्म हेर्न पाइन्छ ।jhola ko hal pic copy
गरिमा पन्त, देशभक्त खनाल, दिपक क्षेत्री, लगायतका कलाकारको मुख्य भुमिका रहेको उक्त चलचित्रमा एकसय वर्षअघिको समाजलाई प्रस्तुत गरिएको छ ।
सती प्रथामा आधारित चलचित्र भएकै कारण पहिलो पटक सार्वजनिक प्रदर्शन गर्दा महिलाको दर्शकको भीड लागेको थियो सिनेमा हलमा ।
त्यसो त बैशाखको दोस्रो साता यो चलचित्रको पुन प्रदर्शन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment