Comments Add Comment

शंकर बीसीले गिनिज बुकमा नाम लेखाउने (भिडियो)

shankar bc_youtube
टेलिभिजन खोल्यो कि, लोकगीतमा एउटा ठिटो नाचिरहेको हुन्छ । यसरी अधिकांश लोकगीतमा नाच्ने ठिटोको नाम शंकर बीसी हो । नेपाली लोकगीतको म्युजिक भिडियोमा शंकर बीसी सर्वाधिक चर्चित नाम बनेको छ ।
उनै शंकर बीसी अब एउटा दाबीका साथ गिनिज बुकमा नाम लेखाउने तयारीमा लागेका छन् । शंकरले आजसम्म १६ सयवटा लोकगीतको म्युजिक भिडियो निर्देशन र ९ सयवटा भिडियोमा अभिनय गरिसकेका छन् ।
भिडियो

कुनै पनि व्यक्तिले आजसम्म यति धेरै भिडियोमा अभिनय नगरेको भन्दै बीसीले ‘गिनिज बुक अफ दि वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै शंकरले बलिउड र हलिउडमा पनि यस्तो नभेटिएकाले आफूले दाबी गरेको बताए ।

बीसीले आफूले अभिनय गरेका पााच सय म्यूजिक भिडियो संकलन गरिसकेको बताएका छन् । अब ४ सयवटा भिडियो संकलन गरेपछि ‘गिनिज बुक’ प्रक्रियामा लाग्ने उनले बताएका छन् ।

sankar-bc-ko-kua

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment