Comments Add Comment

रोशनसँग सुमिनाको बिहे वैशाखमा

sumina-and-rosan
नेपाली चलचित्र क्षेत्रकी नायिका सुमिना घिमिरेले वैशाखमा बिहे गर्दैछिन् । सुमिनाले बिहे  गर्न लागेका यूवकको नाम रोशन सापकोटा रहेको वुझिएको छ । काभ्रे घर भएका रोशन अहिले काठमाण्डौको कोटेश्वरमा बस्दै आएका छन् । सुमिना र रोशनको भेट एक म्यूजिक भिडियो छायांकनका क्रममा भएको हो ।

अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार-‘रोशनले बजारमा ल्याउन लागेको एल्बम ‘अधेरी औशीको रातमा’को एक गीतको छायांकनका क्रममा सुमिना र उनको भेट भएको हो । यसपछि दुबै जना प्रेममा परेका थिए ।

रोशन पेशाले पाइलट हुन् । उनले नेपाल बाहिर केही समय पाइलटको रुपमा काम गरेपनि अहिले भने गरेका छैनन् । अहिले उनी नेपालमा नै छन् । चाडै नै रोशनले नेपालमा आफ्नो पेशालाई निरन्तरता दिन लागेको वुझिएको छ । रोशनले नै यो एल्बममा शब्द तथा संगीत पनि भरेका छन् ।

बिहे गर्ने भएपछि सुमिना चलचित्र क्षेत्रबाट टाढा भएकी हुन् । उनले आफू अब चलचित्र क्षेत्रमा नर्फकने बताएपनि भोलीको दिनमा के हुन्छ भन्ने अवस्था छैन । सुमिना र रोशनको परिवार बिहेका लागि राजी भैसकेका छन् । श्रोतका अनुसार रोशन र सुमिनाको पारिवारिक भेटघाट समेत भैसकेको छ ।

सुमिना यतिबेला आफ्नो घर सुर्खेतमा छिन् । बिहे भने काठमाण्डौबाट नै गर्ने तयारी गरिएको छ । यसबारेमा दुबै जना मिडियामा कुनै कुरा तत्काल सार्वजनिक नहोस् भन्ने चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment