Comments Add Comment

सरकारले विलासी पेय पदार्थको अायात विस्थापित गर्ने

Krishi-Mantry
१७ पुस, काठमाडौ । कृषिमन्त्री हरीप्रसाद पराजुलीले विलासी पेय पदार्थलाई नेपालबाट विस्थापित गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय परिवारिक खेती वर्ष-२०१४ को समापन तथा नेपालमा परिवारिक खेती दशक घोषणा कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले नेपालमा रहेको खाद्यन्नको आयात तथ्याङ्क समेत मिथ्याङ्क रहेको दाबी गरे ।

मुलुकमा रेडबुलजस्ता विलासी पेय पदार्थको आयात उच्च भइरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै नै विस्थापित गर्ने मन्त्री पराजुलीले प्रतिवद्धता जनाए ।

कृषि आयातलाई न्युनिकरण गर्न स्थानीय उत्पादनलाई बढावा दिने सरकारको लक्ष्य रहेको उनको भनाई थियो ।

कृषिमा सुधार गर्न सकिएन

कृषि मन्त्री पराजुलीले आफूले कृषि क्षेत्रमा पनि उल्लेख्य सुधार गर्न नसकेको स्वीकार गरेका छन् । उनले बजेट र नीतिमा राजनीतिक फाइदा खोज्ने परिस्थिती कायम रहेकोेले आफूले सुधार गर्न नसकेको उल्लेख गरे ।

कृषि सहकारीलाई ५० प्रतिशत अनुदान

मन्त्री पराजुलीले कृषि सहकारीलाई कुल लागतको ५० प्रतिशत अनुदान दिने कार्यक्रम अघि सारेको बताए । कृषि सहकारी क्षेत्रमा दुई करोडसम्म लगानी गर्नेले एक करोड अनुदान पाउने मन्त्री पराजुलीको भनाई छ ।

आगामी जुलाईदेखि अनुदान कार्यक्रम थालनी गरिने पनि उनले स्पष्ट गरे ।

सहकारी ऐन संसोधन गरिने

मन्त्री पराजुलीले सहकारी क्षेत्र सहकारी मान्यताअनुसार नचल्दा सहकारी आन्दोलन नै समस्यामा परेको बताए । सहकारीको समस्या समाधानको लागि सहकारी ऐन २०४८  नै संसोधन गर्नुपर्ने आवश्यकता भएकाले सरकार र राष्ट बैंक सहकारी ऐन संसोधन गर्न लागि परेको मन्त्री पराजुलीले बताए ।

उनले पारिवारिक खेती दशकले कार्यक्रम प्रभावकारी गर्न सकिए जलवायु परिवर्तनको असरलाई कम गर्न सघाउ पुर्याउने जनाए ।

रकारले चालु आर्थिक वर्षमा २३ अर्ब २८ करोड कृषि बजेट विनियोजन गरेको छ ।  विनियोजित वजेट मध्ये १३ अर्व सिधै कृर्षकको घरमा पुर्‍याउने सरकारको योजना रहेकेा मन्त्री पराजुलिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment