Comments Add Comment

‘आगो २’बाट सुशिलको दोश्रो चरणको चलचित्र करिअर सुरु

aago-2
चलचित्र ‘आगो’का कारण निक्कै चर्चामा रहेका कलाकार सुशिल क्षेत्री अहिले ओझेलमा छन् । नेपाली चलचित्रका सोझा नायकको रुपमा चिनिने क्षेत्री अब ‘आगो २’ले आफ्नो करिअरलाई चम्काउने विश्वासमा छन् ।

मदन घिमिरेले निर्देशन गरेको यो चलचित्रलाई किशान पोख्रेलले प्रस्तुत गरेका हुन् । कर्ण थापा र किरण चलचित्रका निर्माता हुन् । चलचित्रमा सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे, किशान सुनार लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको थियो ।

अब भने माघ ९ गतेबाट ‘आगो २’ चल्ने पक्का भएको छ । कलाकार सुशिल क्षेत्रीले यो चलचित्रलाई आफ्नो चलचित्र करिअरको दोश्रो चरणको पहिलो चलचित्र भनेका छन् । उनले यो चलचित्र प्रदर्शनमा आएपछि आफू फेरि चलचित्रमा जमेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

‘आगो’ प्रदर्शनमा आउँदा तत्कालिन सरकारले अवरोध खडा गरेको थियो । ‘आगो २’मा भने देशको राजनीतिक अवस्था, भ्रष्टाचारलाई बिषय बनाइएको निर्देशक मदन घिमिरेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment