Comments Add Comment

भीएलएन नेपालको दर्ता खारेज गर्न श्रम समितिको निर्देशन

१८ पुस, काठमाडौं । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले भीएलएन नेपालको दर्ता खारेज गर्न निर्देशन दिएको छ ।

साथै उसका सबै गतिविधिमा रोक लगाउन गृहमन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति प्रभु साहले अनलाइनखबरलाई जानकारी दिए । ‘उसको कुनै कानुनी आधार देखिएन र प्रक्रिया संगत पनि भेटिएन’ उनले भने-‘समितिले भीएलएन नेपालको दर्ता खारेज गर्न कम्पनी रजिष्टारको कार्यालयलाई भनेका छौं ।’

समितिले भीएलएन नेपालले अहिलेसम्म लिएको रकम असुरउपर गर्न पनि निर्देशन दिएको छ ।

मलेसिया जाने नेपाली कामदारका लागि ७ सय भिसा शुल्क भएपनि भीएलएन नेपाल ३ हजार २ सय अतिरिक्त रकम लिने गरेको छ । नेपालस्थित मलेसिया दूतबासले नै भीएलएन नेपाललाई नियुक्त गरेको हो ।

मलेसियाको अल्ट्रा कुराना प्राइभेट लिमिटेड नामक नेपाली कम्पनीको प्रतिनिधि हो भीएलएन, जुन एक सफ्टवेयर प्रदायक संस्था हो ।

भीएलएनकै सफ्टवेयर प्रयोग गरेर नेपालस्थित मलेसिया दूताबासले भिसा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment