Comments Add Comment

एलाइन्स अब प्रभु इन्स्योरेन्स बन्ने

Pravhu insurance१८ पुस काठमाडौं । एलाइन्स इनस्योरेन्स अब प्रभु इन्स्योरेन्स बन्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १९औं साधारणसभाले नाम परिवर्तन गर्ने सञ्चालक समितिको प्रस्ताव सर्वसम्वतले पारित गरेको हो ।

कम्पनीमा केही महिनाअघि प्रभू समुह प्रवेस गरेको थियो । प्रभुको प्रबेससँगै कम्पनीको नाम परिवर्तन भएको हो ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार कम्पनीका सेयरधनीलाई १२ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी २९ करोड ३८ लाख ४ हजार ९ सय रुपैयाँ हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षमा ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले ६३ करोड २७ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६ दशमलव ३७ प्रतिशतले बढी हो । कम्पनीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २८ करोड ४१ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गसेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment