Comments Add Comment

वी रिडकोे ‘सीडीओका १७ वर्ष’

CDO ka satra barsha front coverकाठमाडौ । नेपाली साहित्यिक श्रष्टा नरेन्द्रराज पौडेलको नयाँ पुस्तक ‘सीडीओका १७ वर्ष’ प्रकाशित भएको छ ।

कुशल निजामती प्रशासकका रुपमा परिचित साहित्यमा स्रष्टा पौडेल विक्रम सम्बत २०३२ देखि २०६४ सालसम्म नेपाल सरकारको प्रशासन सेवामा संलग्न थिए ।

लोकतन्त्र बहालीपछि करीब दुई दशकसम्म प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा कार्यरत पौडेलले आफ्नै जागिने जीवनको संस्मण पुस्तकमा उतारेका हुन् ।

उनले २०४६ देखि २०६४ सालसम्मको अत्यन्त अस्थिर एवं द्वन्द्वग्रस्त अवस्थामा जिल्लाहरूको शान्तिसुरक्षा कायम गर्ने र प्रशासनिक गतिविधि संचालन गर्ने जोखिमपूर्ण कार्य गरे । दुई सय ९० पृष्ठको पुस्तक “सीडीओका सत्र वर्ष” वर्तमान नेपालको प्रशासनिक कमजोरी तथा आर्थिक, सामाजिक र राजनीतिक विसङ्ति र दुरवस्था बुझ्न सकिने पुस्तकका रुपमा रहने विश्वास गरिएको छ ।

पौडेलको यो पुस्तक वी रिड (कथालय प्रकाश) ले २४ गने पौषबाट बजारमा ल्याउँदैछ भने वी रिड एप्लिकेसन मार्फत एन्रोईड स्मार्टफोन प्रयोगकर्ताहरूको लागि बिश्वभरि नै एकैचोटि उपलब्ध गराउने तयारी गर्दैछ ।

वी रिड, कथालय प्रकाशनको एक अङ्ग हो जस्ले युवा तथा प्रौढ पुस्तालाई केन्द्रविन्दुमा राखेर साहित्यिक पुस्तक, उपन्यास, यात्रास्मरण, उत्प्रेरणात्मक तथा जीवनी आदि विद्याका नेपाली र अंग्रेजी भाषामा पुस्तकहरू प्रकाशन गर्दै आएको छ ।

वी रिडले अनलाइन पुस्तक स्टोर मार्फत सम्पुर्ण नेपाली प्रकाशकहरूको पुस्तक बिश्व बजारमा पुर्‍याउन एन्रोईड स्मार्टफोन तथा ट्याब प्रयोगकर्ताहरूको निमित्त वी रिड एप्लिकेसन नामक नेपालको पहिलो विधुत्तिय पुस्तक एप्लिकेसन बनाएको वी रिड, (कथालय प्रकाशन)का कार्यकारी अधिकृत राजीब धर जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment