Comments Add Comment

बिच्छीको विषबाट क्यान्सरको उपचार

bichhi
कुनै शल्यचिकित्सकको लागि मानिसको संवेदनशील भागको शल्यक्रिया गर्नु निकै कठीन काम हो र मस्तिष्कको संवेदनशीलता सबैभन्दा उच्च हुन्छ ।
तर अब छिटै डाक्टरहरुले मस्तिष्कको क्यान्सरग्रस्त कोशिकाको पहिचान गरि त्यस्ता कोशिकालाई राम्रोसँग हटाउन सक्षम हुनेछन् र त्यस कामका लागि डाक्टरहरुलाई एक खतरनाक विखले मद्दत पूराउनेछ ।
मस्तिष्क क्यान्सरको उपचार निकै जटिल हुन्छ र त्यसका लागि कठीन शल्यक्रिया मात्र एउटा विधि हो । यसका लागि अनुभवि तथा खारिएका हातको जरुरत पर्दछ र त्यसका साथै आवश्यकता पर्छ यस्तो विशेषज्ञ आँखाको जसले सबै क्यान्सर कोशिकाको पहिचान गराएर हटाउन सक्छ ।
अमेरिकाको सिएटलस्थित फ्रेण्ड हचिंसन क्यान्सर रिसर्च सेन्टरमा बाल क्यान्सर विशेषज्ञ डाक्टर जिम ओल्सन यो कठिनाइसँग लामो समयदेखि जुधिरहेका छन् । उनले अब एउटा नयाँ प्रविधिको विकाश गरेका छन् जो मस्तिष्क क्यान्सरको उपचारमा निकै सहयोगी हुनेछ र यसको श्रेय जानेछ विच्छीको विख अर्थात् खीललाई ।
जिम ओल्सनका अनुसार विच्छीको विखबाट तयार गरिएको औषधिको नाम हो, ट्युमर पेन्ट । उक्त औषधि क्यान्सर ग्रस्त कोशिकामा शल्यक्रियाको एक दिनअघि सुइमार्फत दिइन्छ । यो औषधि लगाएपछि क्यान्सर कोषिकाहरु चम्किलो देखिन्छन् । यसबाट चिकित्सकलाई क्यान्सरग्रस्त कोशिका र स्वस्थ् कोशिका छुट्टाउन सजिलो हुन्छ ।
निकै विषालु तथा खतरनाक प्रजातिको डेथ स्टकर विच्छीको विषबाट उक्त रङवाला औषधि तयार गरिएको हो ।
ओल्सनका अनुसार रगत र मस्तिष्कबीच हुने जैविक सीमाका कारण कुनै औषधिलाई मस्तिष्कसम्म पूराउन कठीन हुन्छ । सोही कुरालाई ध्यानमा राख्दै उनमा बिच्छिको विषको प्रयोग गर्ने विचार आयो ।
यो विधिको प्रयोगबाट मस्तिष्क क्यान्सरको निदान सुरुवाती समयमै गर्न सकिने र क्यान्सर पहिचानका लागि लाग्ने दुइ वर्षको समय बचत हुने ओल्सनको दाबी छ ।
ओल्सनले यो औषधिको मुसामा सफल परीक्षण गरेका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासनले मानिसमा समेत यो औषधिको परीक्षण गर्ने अनुमति दिइसकेको छ ।
ओल्सनले क्यान्सरको उपचारका अन्य विभिन्न आधुनिक विधिहरुको आविष्कारमा समेत काम गरिरहेको बीबीसीले जनाएकेा छ ।
शोधकर्ता ओल्सनले आफ्नो शोध परियोजनाको नाम भायोलेट राखेका छन् । भायोलेट एक क्यान्सर रोगी युवाको नाम हो जो क्यान्सरकै कारण मरेका थिए । उनले आफु मर्नुअघि आफ्नो मस्तिष्क क्यान्सरकै बारेमा अनुसन्धान गर्नका लागि दान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment