Comments Add Comment

सगरमाथा आरोहण रोयल्टी आधा घट्यो

२० पुस, काठमाडौं । सरकारले बढीभन्दा बढी पर्वतारोही आकषिर्त गर्न विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढी घटाएको छ । त्यसैगरी सगरमाथाबाहेक आरोहण खुला गरिएका बाँकी सबै हिमालको पनि रोयल्टी घटाइएको छ ।

sagarmatha-19

लामो समयदेखि पर्वतारोहीहरुले सगरमाथा आरोहण रोयल्टी ‘महँगो’ भएको गुनासो गरिरहेका थिए । सरकारले करिब एक वर्षदेखि नेपाली आरोहीलाई आधाभन्दा बढी छुट दिए पनि विदेशी आरोहीको हकमा यी नियम अंग्रेजी नयाँ वर्षबाट कार्यान्वयनमा आएको नागरिकमा खबर छ ।

अब नर्मल रुटबाट सगरमाथाको आरोहण ११ हजार अमेरिकी डलरमा गर्न पाइने भएको छ । यसअघि २५ हजार डलर तिर्नुपर्ने थियो । यो वसन्त ऋतुमा सगरमाथा चढ्दाको शुल्क हो । नर्मल रुटबाहेक भने १० हजार अमेरिकी डलरमा सगरमाथाको आरोहण गर्न पाइनेछ । यसअघि यो शुल्क १५ हजार अमेरिकी डलर थियो ।

नेपालीहरुले भने सगरमाथा आरोहणका लागि करिब सतप्रतिशत नै छुट पाउने गरेका थिए । २५ हजार डलर रोयल्टी हुँदा नेपालीले भने ९७ प्रतिशतसम्म छुट लिएर ७५ हजार रुपैयाँसम्म तिरेर सगरमाथाको आरोहण गरेका छन् ।

सगरमाथासँगै अन्य हिमालको आरोहण रोयल्टी शुल्क घटेको छ । नेपालका १ हजार सात सय ९३ हिमालय मध्ये हालसम्म ३ हजार २६ हिमालमात्र आरोहणका लागि खुल्ला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment