Comments Add Comment

सोनिया आचार्यले जितिन् मिस नर्सको उपाधि

miss nurs
काठमाडौं । ‘युनिक्याम्प मिस नर्स नेपाल २०७१’को उपाधि सोनिया आचार्यले जितेकी छन् । ४५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि जितेेकी थिइन् । उनले शीर्ष उपाधिको साथै नेक्ट मोडल नेपालको एम्बेसडर, ट्रफि, विभिन्न गिफ्ट ह्यम्परका साथै अब्रोड स्टिडिजका लागी स्कलरशिप पाएकी छिन् ।

प्रतियोगितामा आश्रा रजक फष्ट रनर अप र मिस फोटोजेनिक भइन् भने श्रीदेवी शर्मा सेकेन्डरन अप र मिस सोसल वर्कर घोषित भइन् । यी दुबैले उपाधिका साथै बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

सिवानी मल्ल मिस ब्युटिफुल, श्रेया गजुरेल बेष्ट स्माइल, अनिता गुरुङ बेष्ट क्याटवाक, श्रृष्टि मानन्धर बेष्ट पर्सनालिटी र कबिता श्रेष्ठ मिस डिसिप्लिन घोषणा भए ।
त्यस्तै मिस चार्मिक जानकी श्रेष्ठ, वेष्ट हेयर कुसुम अधिकारी, बेष्ट स्क्रिन भुमी श्रेष्ठ, पब्लिक च्वाईस राधिका बोगटीले पाइन् । मोष्ट पपुलर जानकी श्रेष्ठ, मोष्ट बब्ली आस्मिसा पाण्डे, बेष्ट नर्सिङ थिम ड्रेस शर्मिला थापा र बेष्ट फ्रेण्डली ममता थापा भए ।

एकसय भन्दा बढी नसिङ कलेज तथा अस्पतालमा कार्यरत एकहजार बढी युवतीबाट अन्तिम प्रतिस्पर्धाका लागि ४५ जना छानिएका थिए ।

नर्सिङ पेशामा आबद्ध युवतीलाई समाजप्रति थप उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक नेक्स्ट मोडल नेपालका अध्यक्ष रबि धमलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment